सर्लाही । सर्लाही–स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवादलाई लिएर भएको प्रदर्शनमा सर्लाहीमा गोली चल्दा एक जनाको मृत्यु भएपछि थप अप्रिय घटना हुन नदिनका लागि कर्फ्यूको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

हिजो बेलुका साढे ५ बजेदेखि लगाइएको कर्फ्यूको समय बढाएर भोलि विहान ८ बजेसम्मको लागि कायम गरिएको हो । यसअघि सर्लाहीको बरहथवा नगरपालिका स्वास्थ्य संस्था स्तरोन्नतिको विषयलाई लिएर नेपाली कांग्रेसले विरोध जनाइरहेको थियो । त्यही क्रममा शुक्रबार कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाउँदा बरहथवा ५ का जयशंकर साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय