बिरगंज – सानोपाइला बचत तथा ऋण सहकारी संस्था बिरुद्ध पीडितहरुले बिरोध जूलूसको गर्नुकासाथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएकाछन् ।बिरगंजका खुद्रा तथा मझौला ब्यपारीहरुले आफ्नो मेहनत र पारिश्रमिकबाट कमाएको रकम उक्त सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा दैनिक जम्मा गर्दै आएको र सो रकमको हाल सम्म भुक्तानी नगरिएको भन्दै स्थानीय प्रहरी प्रशासनलाई बुधबार ज्ञापन पत्र बुझाएका छन ।

बिगत १५ महिना देखी उक्त सहकारी संस्थाका संचालकहरुले कार्यालय नै बन्द गरि फरार रहेकोमा बिरगंजका बचतकर्ता सदस्य ब्यवसायीहरु अलपत्रमा परेको सानोपाइला सहकारी पीडित संघर्ष समिति बिरगंजका संयोजक सुशील अग्रवालले बताएका हुन ।

बचतकर्ताहरुले पटकपटक ताकेता गर्दागर्दै उक्त सानोपाइला बचत तथा सहकारी संस्थाका संचालक र कर्मचारीहरु फरार रहेको हुन्दा केही दिन यता बिरगंज महानगरपालिकाले समेत उक्त सहकारीमा ताल्चा लगाएको थियोे र निक्षेपकर्ताहरुको समस्या समाधानको लागि विभिन्न निकायमा पत्राचार समेत गरिएको बिरगंज महानगरपालिकाका सहकारी तथा रोजगार ब्यवसाय प्रबन्ध महा शाखा अधिकृत ई शुनिल कुमार कर्णले बताए ।

सानो पाइला सहकारी पीडित संघर्श समितिको आयोजनामा निस्केको बिरोध जुलुसमा सयौंको संख्यामा रहेको पीडितहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सा मार्फत प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालय लगायतको विभिन्न निकायमा ज्ञापन पत्र बुझाइएको संयोजक सुशील अग्रवालले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय