काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । त्यसैले दुई टोलीका लागि आजको खेल प्रतिष्ठाको मात्र हुनेछ । समूह ’ए’ मा रहेको नेपाल २ खेलमा अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहँदै अन्तिममा रहेको छ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो । यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।

आजै कुवेत र भारत भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय