काठमाडौं । सरकारले सिंहदरबार वैद्यखानाले ४० किसिमका औषधि उत्पादनको तयारी गरेको बताउनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा अहिले १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेको र ४० किसिमका औषधिको उत्पादनको तयारी गरिएको बताउनु भएको हो ।
उहाँले सय दिनमा आफूले संघीय अस्पतालका उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी मर्मत सुरु गरेको र शहीद गंगालाल हृदयरोग केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ति बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार भइरहेको बताउनु भयो ।






