काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँडको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सीट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो । दलहरुबीच आन्तरिक छलफल गरेर पुनः बैठक बस्ने गठबन्धनका नेताहरुले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको बताइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शुन्य नवनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन ।

सत्ता गठबन्धनका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट एमालेलाइ राष्ट्रिय सभामा सिट दिने बारेमा बिरोध गरेपछि बैठक निष्कर्षविहिन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय