सिन्धुली-सिन्धुली जिल्लामा असारे विकास गर्ने क्रममा सरकारी निकायको लापर्वाहीले २ बालकको ज्यान गएको छ । स्थानीय बाल–बालिकाहरुको क्रिया स्थलमा जेठ असार महिनामा सरकारी बजेट सक्नकालागि जिल्ला स्थित चुरे उत्थानशिल आयोजनाले हतार हतार पोखरी निर्माण गरी अलपत्र छाडदा सो पोखरीमा अन्जानमा डुवेर २ जना बालकहरुको अकालमा ज्यान गएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र सोही ठाउ बस्ने बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

चुरे उत्थानशिल आयोजनाले सरकारी रकम असारे विकासको रुपमा खर्च गर्न सो स्थामा पोखी निर्माण गरेपछि घेरावेरा नगरेको र स्थानीयलाई गहिरो पोखरी निर्माण गरिएको सुचना समयमा नदिएका कारण अकालमा दुई बालकहरुको ज्यान गएको स्थानीयले बताएका छन् । ती बालकहरुले घर नजिकै पोखरी बनेको देखेपछि पौडी खेल्न लाग्दा गहिरो खोखरीमा डुवेका थिए । स्थानीयले बालकहरु डुवेर तैरिरहेको अवस्थामा उपचारको लागी नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो घटनाको छानविन भैरहेको छ भने स्थानीयले चुरे उत्थानशिल आयोजना कार्यालयलाई क्षतिपुर्ती दिलाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय