काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले भने ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु । बढ्ता हो–होल्ला गर्नु आवश्यक छैन ।’सरकारले रिसिबी साँध्यो भन्ने आरोप छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘त्यो गलत हो, उहाँसँग किन रिसिबी ?’गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा उनको जवाफ थियो– ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । त्यो हल भइहाल्छ ।’ नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहिया मंगलबार साँझ कान्तिपुर मुख्यालय काठमाडौंबाट पक्राउ परेका हुन । उनलाइ अहिले जिल्ला अदालत धनुषामा पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय