काठमाडौं । रौतहटको गौर नगरपालिकामा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ । गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डको मुठवलवा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी साह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
माधवनारायण नगरपालिका–६ माइती घर भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । डेरामा बस्दै आएकी रुवीको ४ वर्षीय छोरा छन् । सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।



नाकबाट रगत बगेको भएपनि उनको शरीरमा कुनै पनि चोट पटक नलागेको प्रहरीले जनाएको छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । रुवीका श्रीमान् भारतबाट नेपाल आएको डीएसपी राजु कार्कीले जानकारी दिनुभएको छ ।



