काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएको हो ।
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नियुक्त भएको १० दिनपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।



नियुक्त भएकोे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । विपक्षमा रहेको नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका ५ र राप्रपाको १ सांसद छन् ।



