सिन्धुली- सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी( मरिण डाईभर्सन बहुउदेश्यिय आयोजनाको बाँध निर्माणको काम अबरुद्ध भएको छ । सुनकोशी र तामाकोशी नदी किनाराका स्थानियले ठेकेदारले काम गर्न दिनुपर्ने माग राख्दै विगत चारदिनदेखी बाँध निर्माणको काम अबरुद्ध गर्दै आएका हुन् । सुनकोशी – मरिण डाईभर्सन बहुउदेश्यिय आयोजनाको बाँध निर्माणको ठेक्का पाएको भारतिय निर्माण कम्पनि पटेल र नेपाली जेभी सहयोगी रमण कन्ट्रक्सन कम्पनिले भने १०र१५ जना स्थानियलाई मात्र काम दिन सक्ने साईड ईन्चार्ज हेमचन्द्र शर्माले बताए ।



चार दिनदेखि कामको माग गर्दै आन्दोलनरत स्थानीयलाई बाँध निर्माणको ठेकेदारले काममा लगाएर आयोजनालाई छिटो सम्पन्न गर्नु पर्ने स्थानिय गोपाल श्रेष्ठले बताए ।स्थानिय र ठेकेदारका प्रतिनिधि बीच स्थानियको माग सम्बोधन र निर्माणको कार्य सुचारु गराउनकालागी पटक पटक बार्ता भएपनि सहमती हुन सकेको छैन। स्थानियले बाँध निर्माणको काम अबरुद्ध पारेर आन्दोलन जारी राख्दा आयोजनाको काममा ढिला हुने देिखएको छ ।



