काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा दुई हजार तीन सय र चाँदीमा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार एक तोला सुन एक लाख ९५ हजार दुई सयमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






