सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन् ।
बिहीवार अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाउन सफल भएका हुन् । सद्भावले तेस्रो दिन पनि ७ अन्डर ६५ को उत्कृष्ट स्कोर निकाल्दा समग्रमा १६ अन्डर २०० को सानदार स्कोर बनाउँदै नेपालका नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारेका हुन् ।



सुवासले ५ अन्डर ६७ खेल्दै समग्रमा १४ अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा रहेका छन् । डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे । समग्रमा ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि छन् । समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापती र भुवन नगरकोटीले संयुक्त रुपमा पाँचौ स्थानमा रहेका छन् ।



