साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सोमबार २४ दशमलब ३९ अंकले बढेर १ हजार ९ सय ९८ दशमलब ८९ मा पुगेको हो । बजारमा ३ सय २० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७ रुपैयाँ कारोबार भएको छ ।

सोमबार नेपाल रि ईन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोट सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।सोमबार नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त मान्दु हाईड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन ऊर्जा विकासो सेयर सकरात्मक सर्किट लागेको छ भने सीवाईसी लघुवित्तको सेयर मूल्य घटेको छ । आज कारोबारमा रहेका १ सय ८८ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय