काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयमा सुशासन कायम गर्ने बताउनु भएको छ ।सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अदालतका सबै काम, कारबाहीलाई प्रविधिमैत्री बनाउने बताउनु भएको हो ।उहाँले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने बताउनु भयो ।
स्वचालित प्रणालीले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अघि बढ्नेमा उहाँ विश्वस्थ हुनुहुन्छ । उहाँले काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि आगामी दिनमा यो प्रणालीलाई लागू गरिने बताउनु भयो ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



