प्यालेस्टाइनको लडाकु समूह हमासले आफूले बन्धक बनाएका इजरायलका नागरिक मारिदिने धम्की दिएको छ । इजरायलले हमाससँग चलिरहेको युद्धमा ‘अगणित शक्ति’ प्रयोग गरी पराजित गर्ने बताएसँगै हमासले पनि बन्धक बनाएका इजरायली मार्ने धम्की दिएको हो । गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका हुन ।

हमासले सार्वजनिक गरेको अडियोमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा भएको भीषण हमलाबारे यसलाई सुरुवात मात्र भनेका थिए । यसैबीच, कतारले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय