विगत वर्षमा जस्तै यस पटक हरिवोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गा पोखरीमा बिहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ । स्नान गर्न र पुजाआजाका गर्नका लागि विहानैदेखि गुल्मी लगायत पाल्पा वाग्लुङ्ग, अर्घाखाँची, स्वाङ्जा लगायतका जिल्लाहरुवाट श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको छ ।
हरिवोधनी एकादशीको दिन रेसुङ्गा पोखरीको जलले स्नान गरेपछि चारधाम जान नपर्ने र आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्टभई र संवृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । त्यसै धार्मिक विस्वास र मान्यताका कारण रेसुङ्गा पोखरीमा वर्षेनी स्नान गर्न आउने श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ । परार्पुव कालदेखि पोखरीमा चारधामवाट ल्याएको जल राखिएको मान्यता रहिआएको हुँदा श्रद्धालुहरु पोखरीमा स्नान गरेपछि यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस पटकदेखि सदरमुकाम तम्घासदेखि रेसुङ्गा पोखरीसम्म पक्की सडक बनेपछि तिर्थयात्रीलाई सहज भएको छ ।






