काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित हाइभिजन कोलोनी समाजका अध्यक्ष ताराबहादुर केसीलाई पितृशोक परेको छ । केसीका पिता बलबहादुर केसीको ७५ वर्षको उमेरमा गत मंसिर २७ गते निवासमै निधन भएको हो । बागलुङ जैमेनी नगरपालिका अर्जेवा निवासी केसीको घरमै निधन भएको हो ।
समाजसेवी समेत रहनुभएका दिवंगत केसीका श्रीमती, दुई छोरा र तीन छोरी छन् । दिवंगत केसीप्रति our news crew हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।






