काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा राहत सामग्री वितरणका लागि सक्रिय हुन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले एक वक्तव्य जारी गर्दै देशका विभिन्न भागमा भएको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको र सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सबै राजनीतिक दल, संघसंस्था, नागरिक समाजलाई हातेमालोका निम्ति अनुरोध पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय