काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीलाई विकृत बनाउन नहुने बताएका छन् । नेकपा एमाले मधेस प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको होली मिलन कार्यक्रममा अध्यक्ष ओलीले होलीका नाममा देखिएको छाडापन र विकृतिलाई रोक्नु पर्ने बताए । होली हर्षोल्लास र गीत, संगीतको पर्व भएकोले त्यसलाई सोही रूपमा मनाउनु पर्नेमा ओलीले जोड दिए । होलीको नाममा कसै माथि जोड जुलुम र जबरजस्ती गर्नु नहुने तर्फ सचेत समेत गराएका छन् ।

अध्यक्ष ओलीले नेपालका पर्व र संस्कृति सामाजिक सम्बन्धसँग जोडिएको बताउँदै अधयक्ष ओलीले पर्व र संस्कारले समाजको सुप्रबन्धसँग जोडिएको उनको भनाइ छ । होली खेल्दा अबिरसँग सतर्क भएर खेल्न पनि ओलीले आग्रह गरेका छन् । होलीले सभ्य शान्तिपूर्ण र एकताबद्ध समाज निर्माणमा सहयोग पुग्ने ओलीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय