पाँचथर- सुख्खाक्षेत्र घोषणासंगै दीर्घकालनी खानेपानी उपायको लागि सञ्चालनमा आएको तमोर पंम्पिङ खानेपानी योजना कुम्मायकमा समस्या देखिएको छ । योजना संचालन भएको तीन वर्षपछि प्राविधिक समस्या देखा पर्न थालेपछि स्थानीय निरास भएका छन ।

पाँचथरको सुख्खाक्षेत्र कुम्मायकको यासोक, स्याबरुम्बा र रानीगाउँ गरी चार वडाका ३ हजार ४३ घरधुरी लक्षित गरी सरकारले २०७३ सालमा तमोर पंम्पि खानेपानी योजना संचालनमा आयो । तमोर नदिको पानी लिफ्ट गरी १७ सय ८० मिटर उचाहीको बस्तीका २२ सय घरधुरीलाई बितरण हुदै आएको छ । तर पछिल्लो समयमा पानी लिफ्ट गर्न प्रयोग गरिएको पंम्पमा समस्या देखापरेपछि खानेपानी अबरुद्ध हुन थालेको छ । तमोर नदिमा निर्माण गरिएको इनारमा पानीको सतह घटेपछि पानी लिफ्ट गर्न प्रयोग गरिएको दुई वटा पम्प जलेको थियो । पंम्प जलेसंगै अवरुद्ध भएको खानेपानी योजना संचालनमा ल्याउन पहल गर्दै आएको समितिले जनाएको छ ।

इनारमा पानीको सतह घटेपछि पंम्पमा बालुवा पसेर पंम्प जलेको हो । २ सय ६६ मिटर उचाहीसम्म पानी लिफ्ट गर्न सक्ने ५० एचपीको दुई वटा पंम्प एकै साथ जलेपछि गाउँपालिकामा खानेपानीको समस्या उत्पन्न भएको हो । तत्काल नदिको धार इनार तर्फ फर्काउने र इनारमा भएको बालुवा हटाई पानी लिफ्ट गर्ने तयारी गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

समितिसंग पंम्प खरिदको लागि आवश्यक पर्ने १८ लाख रुपैयाँ नभएपछि सहयोगको लागि संघीय ढल व्यवस्थापना आयोजना इलाम समक्ष माग गरेको छ । ११ मिटर गहिरो इनारमा पानीको सतह डेढमिटर मात्रै भएपछि पंम्पमा क्षति पुगेको छ । खानेपानी योजनाबाट सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरी मध्ये अहिले २२ सय घरधुरीले दैनिक खानेपानी उपभोग गर्दै आएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय