काठमाडौं । नेकपा (एमाले)का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्यको शपथ गराए । कार्की एमाले झापाका जिल्ला कमिटी अध्यक्ष हुन्।



न्यौपाने कोशी प्रदेशका पूर्वअध्यक्ष हुन् । यादव मधेश, पाण्डे बागमती, शाह कर्णाली र भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन् । प्रदेश अधिवेशनको प्रतिस्पर्धाबाट बाहिरिएकाले उनीहरु केन्द्रीय कमिटीमा मनोनीत भएका हुन्।



