काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । संघीययता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले आज बिहान प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।
शुक्रवार हेटौँडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार बसेको सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकले नौबुँदे साझापत्र तयार पारेको थियो । नौ बुँदे साझापत्र आज प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् ।






