नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार ७ बुँदे सहमतिका आधार सरकार चल्न नसकेको आरोप लगाउनु भएको छ । धनगढी विमनस्थलमा संचारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकार संविद्यान संशोधन तथा अन्य विषयमा प्रवेश नै नगरेको उल्लेख गर्नुभएको हो । उहाँले कांग्रेस र एमालेको संयुक्त सरकार बन्दा जनतामा एक किसिमको उत्साह देखिएपनि अहिले सरकारले खासै केही गर्न नसकेको दाबी गर्नुभयो ।
कोइरालाले १५औं महाधिवेशनमा आफु स्वभाविक पार्टी सभापतिको दाबेदार रहेको भन्दै आफुले कुनै गुट उपगुन नचालाएको स्पष्ट पार्नुभयो ।



त्यस्तै कोइरालाले धनगढीसहित ९ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।



