काठमाडौं । पशुपतिनाथ मन्दिरमा रहेको सुनको जलहरीबारे छानविन गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिर पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति मन्दिर पुगेपछि सर्वसाधारणलाई मूलगेटबाटै प्रवेशमा रोक लगाइएको थियो ।
पशुपतिनाथमा चढाइएको १०७ किलो ९२४.७५ ग्राम सुनमा घोटाला भएको भन्दै संसदमा आवाज उठेपछि जलहरीमाथि छानविन गर्न अख्तियारको अनुसन्धान अधिकृतसहित पशुपति पुगेका हो ।



महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्राम सुन कम रहेको उल्लेख गरिएको छ ।



