दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
धनगढीको बोराडाडीबाट अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई चार लाख १२ हजार नगद घुससहित आयोगले पक्राउ गरेको हो ।



उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद छ ।



