अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशको बुटवल कार्लय अन्तरगत गतबर्षको अल्या सहित २०८० चैत्र १५ गते सम्म शिक्षा र पालिका लगायत विभिन्न क्षेत्रका गरि कुल १६४४ वटा उजुरी परेका छ भने ७४७ उजुरी फर्स्योट भएका छन् भनी ८९७ उजुरी कार्वाही प्रकृयामा रहेका छन् ।
रूपन्देही जिल्लाको विभिन्न प्रकृतिका ५२६ उजुरी परेका छन् । रूपन्देहीका १६ पालिका मध्ये बुटवल उपमहानगरपालिकाको सवैभन्दा धेरै उजुरी परेको छ । १ सय ३८ उजुरी मध्ये ६७ फर्याेट भएका छन् भनी ७१ बटा फर्स्योट हुन बाँकी छन् । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको ६१ उजुरी मध्ये ३२ वटा फर्स्यो भएका छन् भनी २९ फर्स्योट हुन बाँकी छन् ।



मर्चवारी गाउँ पालिकाका ५८ उजुरी मध्ये३२ उजुरी फर्स्योट भएका छन् भनी २६ उजुरी फर्स्योट हुन बाकि छन् । त्यस्तै सिद्वार्थनगर नगरपालिका को ५४ उजुरी परेकोमा २३ उजुरी फर्स्योट हुन बाँकिछन् ।
यसैगरी गैडहवा गाउँ पालिकाका ४४ उजुरीमा २१ उजुरी फर्स्योट हुन बाँकि छन् । तिलोत्तमा नगरपालिकाको ३२ उजुरीमा १७ उजुरी फर्स्योट हुन बाकि छन् । कोटहिमाई को ३२ उजुरीमा १३ उजुरी फर्स्योट हुन बाकी छन् । मायादेवी गाउँ पालिकाका २१ उजुरी मध्ये१३ उजुरी फर्स्योट हुन बाँकी छन् ।समरीमाई गाउँ पालिकाको २० मध्ये १४ उजुरी फर्याेट हुन बाकी छन् ।
यसैगरी रोहिणी गाउपालिकाको १२ उजुरी मध्ये ७, सियारी गाउपालिकाको १२ मध्ये६ उजुरी फर्स्योट हुन बाकी छन् । देवदह नगरपालिकाको ११ वटा उजुरी परेकोमा ९ वटा फर्स्योट हुन बाकी छन् । ओमसतिया गाउपालिकाको ९ उजुरी मध्ये ७ उजुरी फर्स्यो हुन बाकी छन् । कन्चन गाउपालिकाको ६ उजुरी परेकोमा ४ उजुरी फर्स्योट हुन बाकि छन् ।
रूपन्देही जिल्लाका सवैभन्दा कम उजुरी परेको शुद्वोधन गाउपालिकाको २ वटा उजुरी परेकोमा १ वटा फर्स्योट हुन बाकि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाले जनाएको छ ।



