नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिन्धुली–रामेछापलाई जोड्ने खैरेनीघाट बेली ब्रिज निर्माणस्थलको निरीक्षण गरेका छन्। प्राधिकरणका पूर्वाधार परियोजनामा ढिलाइ भइरहेका बेला घिसिङ प्रत्यक्ष रूपमा अनुगमनमा निस्किएपछि निर्माण कम्पनीहरूमा चहलपहल बढेको छ। स्थलगत निरीक्षणका क्रममा उनले पुल जडानको प्रगति, कामको गुणस्तर र आवश्यक प्राविधिक प्रक्रिया पूरा भएको-नभएको बारे विस्तृत जानकारी लिएका थिए। काममा देखिएका केही कमजोरीबारे उनले तत्काल सुधार गर्न निर्देशन दिएको प्राधिकरण स्रोतले जनाएको छ।
स्थानीयवासीका अनुसार घिसिङको अनुगमनले निर्माणमा लागेको ठेकेदार पक्ष थप जिम्मेवार हुने अपेक्षा गरिएको छ। वर्षौंदेखि ढिलाइ हुँदै आएको यो बेली ब्रिज निर्माण समयमै सम्पन्न भएमा दुई जिल्लाबीचको यातायात सहज हुने बताइएको छ।प्राधिकरणले देशभरका कमजोर तथा ढिलाइ भएका परियोजनामा निरन्तर अनुगमन बढाउने तयारी गरेको छ।






