काठमाडौं । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी चन्द्रागिरि नगरपालिका वडा नं. २ को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । चन्द्रागिरि–२ स्थित विकेट भिल्लामा आयोजित सम्मेलनले अध्यक्षमा पार्वती सिग्देललाई सर्वसम्मत चयन गरेको छ ।

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अन्जना विशंखेको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट १५ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि विशंखेले महिलाहरुको हक हितका लागि विशेष प्रशिक्षण समेत दिनुभयो ।
वडा नं. २ की वडा सदस्य एवम् नगर कार्यपालिका सदस्य चन्द्रकुमारी गिरी बस्नेतले सञ्चालन गरेको कार्यक्रममा हरितालिका तीज पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय