काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा नेकपा एमाले निकट भ्रातृ संगठन अखिल नेपाल महिला संघ वडा कमिटी गठन भएको छ ।
वडा कमिटीद्वारा आयोजित दोस्रो वडा सम्मेलनबाट रञ्जु सुवेदी लामिछानेलाई वडा नम्बर–७ को अनेम संघको अध्यक्ष पदको जिम्मेवारी दिइएको हो । लामिछानेको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएसँगै उपाध्यक्षमा मीना बस्नेत, सचिवमा संगीता श्रेष्ठ, कोषाध्यक्षमा मिठ्ठुमाया स्याङतान रहेका छन् भने सदस्यमा नेत्रकुमारी बागदास, मीना मिजार शर्मा, निरा रानामगर, लिला आले, मनिमा श्रेष्ठ, गोमा बस्नेत, र समिता नेपाल चयन भएका छन् ।




कार्यक्रममा अनेम संघका जिल्ला उपाध्यक्ष बसन्ती श्रेष्ठ, केन्द्रीय सदस्य तथा अनेम संघका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्की, नेकपा एमाले चन्द्रागिरि नगर इञ्चार्ज बेलीमाया घले, नगर अध्यक्ष राजु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।



