काठमाडौं । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि वर्षेनी डिसेम्बर ३ का दिन संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आयोजना गरेको प्रभात फेरी ¥याली काठमाडौँको भद्रकालीबाट सुरु भई नयाँसडक, शान्तिवाटिका, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगी समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय