काठमाडौं । सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको मछिन्द्र फुटबल क्लब च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले एपीएफ क्बललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले नगद १५ लाख रुपैया र ट्रफी हात पारेको छ ।
उपविजेता एपीएफले नगद ७ लाख ५० हजारमै चित्त बुझाएको छ । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रका प्रदिप बुढाथोकीले ३१ औं मिनटमा र ४५ औं मिनटमा फ्र्याक एहोनीले गोल गरेर गोल संख्या दोब्बर बनाए । एपीएफका दिपेश धिमालले गोल गरेर दुरी घटाए । तर मछिन्द्रका एलीसन एल्जोनोभले ८३ औं मिनटमा कर्नर बललाई हेडर मार्फत गोल गरेर जित निश्चित बनाए । खेलको सर्वोउत्कृष्ट खेलाडी भएका छन् उनले मोटरसाइकल हात पारेका छन् ।
प्रतियोगितामा १० टिम सहभागी थिए ।







