काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोर सतुंगलमा आगलागी भएको छ ।सशस्त्र प्रहरीको सामानहरु राखिएको स्टोरमा आगलागी भएको हो । स्टोरमा प्रहरीका लत्ताकपडा देखि आवश्यक पर्ने सम्पूर्ण सामानहरु राखिएको थियो । विद्युत सर्ट भई आगलागी भएको आशंका गरिएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगो निभाउनको लागि ४ वटा दमकलको प्रयोग गरिएको थियो ।



आगलागीबाट क्षति कसत भयो भन्नेबारे विवरण आइसकेको छैन । सतुंगलको यो स्टोर सशस्त्र प्रहरीको केन्द्रीय स्टोर हो ।



