काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः का माग पूरा गर्न नसक्ने बताउनु भएको छ ।प्रमुख शाहले सामाजिक संजालमार्फत फुटपाथ, बाटो तथा राइट–वेमा व्यापार गर्नु गैरकानुनी भएको भन्दै यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनीरूपमा हेर्दा गैरकानुनीभन्दा अलग नभएको बताउनु भएको हो ।
फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखी काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि उभिएर विरोध जनाइरहेका अभियन्ता ईः लाई आन्दोलन बन्द गरेर कानुनको पालना गर्न र गराउन पनि आग्रह गर्नुभएको छ ।







