अमेरिकाको हवाईमा सल्केको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक देखिएका छन । उद्धार टोलीहरूले प्रति दिन १० देखि २० थप मृतक फेला पार्ने सम्भावना रहेको बताएका छन । हवाइ डढेलोलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा यसलाई लिईएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ ।

मृतकको संख्या यकिन हुन दश दिन लाग्ने हवाईका गभर्नर जोस ग्रीनले बताएका छन । डढेलोमा परेर बेपत्ता हुनेको संख्या अहिलेसम्म करिब १ हजार ३ सय रहेको छ । आगलागीबाट लहैना सहर झण्डै पूरै जलेर नष्ट भएको छ । लाहाइनाका सबै १२ हजार मानिसहरूको घर जले पछि आगोवाट बच्न भागेका वा मरेका हुन सक्ने गर्भनरको भनाइ छ । उद्धार टोलीले सम्भवतः थप पीडितहरू पत्ता लगाउने प्रयास जारी राखेका छन । संघीय आपतकालीन व्यवस्थापन एजेन्सीको खोज र उद्धार टोलीले कुल १० खोज कुकुरहरू तैनाथ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय