अमेरिकाको हवाई माउई टापुमा लागेको डढेलोमा ६ जनाको मृत्यु भएको छ । १० बढी घाइते भएका छन । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । अमेरिकी कोस्ट गार्डले १२ जनालाई उद्धार गरेको बताएको छ ।
आगलागीसँगै सडक बन्द गरिएको छ भने हजारौँ नागरिक विस्थापित भएका छन् । हजारौँ विद्युत र फोन सेवा अवरुद्ध भएका छन् । आगलागीका कारण धेरै घरमा क्षति पुगेको छ । डढेलोवाट लाहाइनामा शहरमा धेरै विनाश भएको छ ।






