अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली गरेको अभियोगमा जर्जियाको फुल्टन काउन्टी अदालतमा आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ । जर्जियाको अदालतले उनलाई आफैँ उपस्थित हुन अगस्ट २५ को समयसीमा दिएको छ ।

चुनावमा धाँधली गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय र प्रधानन्यायाधीशबाट प्राप्त निर्देशनका आधारमा अभियोगमा ट्रम्प सहित १९ जना प्रतिवादीलाई मुद्दा अदालतले अघि बढाएको छ । जर्जियामा राष्ट्रपतीय निर्वाचनका क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पसहित १९ जनामाथि धाँधलीको अभियोगमा उजुरी परेको छ । यही उजुरीको मुद्दाका लागि आत्मसमर्पण गर्न ट्रम्पलाई अदालतले भएको हो ।

ट्रम्पसँग उनको सहयोगीका रुपमा अभियुक्त बनाइएका अन्य १८ जनामा ट्रम्पका पूर्वकानुन व्यवसायी रुडी गिलानी, हृवाइट हाउसका पूर्वचिफ अफ स्टाफ मार्क मिडोजलगायत छन् । चार महिना अवधिमा ट्रम्पविरुद्ध दर्ता गरिएको यो चौथो फौजदारी मुद्दा हो । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारीको घोषणा गरेका ट्रम्पले भने विलिस डेमोक्र्याट भएको र उनका आरोप राजनीति प्रेरित भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय