अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेनामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहानै आएको पहिरोले घर पुरिएको र घटनास्थलबाट तीन वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी र स्थानीयले अहिले पनि उद्दार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय