अर्घाखाँची- अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा भएको स्कार्पिया गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको गाडीे घुम्ती दुर्गाफाट सडक खन्डको पाणिनी ८ कोलडाडाको ओरालोमा दुर्घटना हुदा भुमिकास्थान नगरपालिका ८ किमडाडाका ६ बर्षिय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतिति सिंह राठोरले बताए ।
दुर्घटनामा भुमिकास्थान नगरपालिका ८ किमडाडाका ३४ बर्षिय इश्वरी क्षेत्री, ३० बर्षिय सम्झना क्षेत्री, २ बर्षिय इभान्सी क्षेत्री, पोखरा उपमहानगर पालिका १२ हस्पिटल चोक बस्ने ३० बर्षिय सविता अधिकारी, १५ बर्षिय प्रज्वल कडेल, ४२ त्रर्षिय गीता कंडेल, १० बर्षिय जेसन बस्नेत घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ । घाइतेहरुको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






