अर्घाखाँची -अर्घाखाँचीमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीको आयोजनामा सन्धिखर्क टुडिखेल खेलमैदानमा आज देखि जिल्लास्तरका प्रतियोगिताहरु सुरु भएका हुन् । प्रतियोगिताको संस्कृति, नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री शुसिला श्रीपालिले ओलम्पिक ज्वाला बालेर उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालीले खेलकुद राष्ट्रलाई चिनाउने एक मात्र माध्यम खेलकुद भएको बताउदै यस क्षेत्रको विकासमा आफुले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

श्रीपालीले खेल क्षेत्रलाइ पर्यटनसंग जोडेर विकास गर्न मन्त्रालयले कानुन नै संशोधन गरेर अगाडि बढ्न लागेको बताउनु भयो ।सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेल क्षेत्रले पर्यटन, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रको विकास हुने भएकोले यश क्षेत्रको बिकासमा सबै स्थानीय तह लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तीनदिनसम्म संचालन हुने जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा ३० पदक र २५८ शिल्ड ,मेडलका लागी ६ ओटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । खेललाई निष्पक्ष रुपमा संचालन गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिए ।

जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा सन्धिखर्क ,भुमिकास्थान , सितगंगाा नगरपालिका र छत्रदेब ,पाणिनी, मालारानी गाउँपालिका गरि खेलको सुरुमा मार्चपास समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय