जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आप्रवासन स्रोत केन्द्र स्थापना भएपछि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सहजता प्रदान भएको छ । नबुभिकन विदेश जादा ठगिने तथा विभिन्न झन्झट झेल्नु परेका समस्याहरुका बारेमा सुरक्षित आप्रवासन सहायता कक्षले सहजीकरण गर्न थालेपछि वैदेशिक रोजगारीमा जाने युवालाई विदेश जादा ख्याल गर्नु पर्ने कुराहरुमा सचेत बनाएको छ । स्थापना भएको चार दिनमै ५० जना भन्दा बढीले परामर्स पाएका छन् ।
वैदेशिक रोजगारमा जाने परिवारलाई सुचना तथा परामर्श ,ठगीका उजुरी, सुचना र सहजीकरण, समुदायमा अभिमुखीकरण, वैदेशिक रोजगारीमा जानेलाई मनोसामाजीक परामर्श, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गर्ने उदेश्यले सहायता कक्ष स्थापना गरिएको सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुम लाल भुसालले बताए ।



अर्घाखाँची- विदेश जानुपूर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्नेहुदा सहायता कक्षले सहजता प्रदान गर्नेे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सहायतका कक्ष स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताए । जिल्लाका ६ वटै स्थानीय तहले सेवा लिन सक्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ । अब देखि वैदेशिक यात्रा लाई सहज बनाउने उनको भनाई छ ।
आप्रवासन स्रोत केन्द्र स्थापना गर्नका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सामी हेल्भेटास नेपालको प्राविधिक सहयोग रहेको छ । आर्थिक वर्ष २०६४-६५ देखि आर्थिक वर्ष २०७९-८० सम्म अर्घाखाँचीमा वैदेशिक रोजगारमा जानका लागि ५० हजार ७ सय ८८ वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएको सामी लुम्बिनी प्रदेशका ब्यवस्थापक पञ्चराम चौधरीले बताए ।
अर्घाखाँचीबाट आर्थिक वर्ष २०७५-७६ देखि आर्थिक वर्ष २०७९-८० सम्ममा विभिन्न देशका वैदेशीक रोजगारमा गएका मध्ये ५८ जनाको मृत्यु भएको छ । अंगभंग हुनेको संख्या ९ रहेको छ । लुम्बिनी प्रदेश उधोग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय सहायक अधिकृत टुकराज पाण्डेले प्रदेशका विभिन्न जिल्लामा सचेतना मुलक कार्यक्रम गदै आएको बताए ।



