अविरल वर्षाका कारण पोखरा १३ काहुखोला बाधँ फुट्दा दुइ घर जोखिममा परेका छन् । गए राती काहुँ खोलाको बाधँ फुट्दा पोखरा १३ काहुखोलाको ढल्केपुल वरिपरिका घर टहरा बाढि पसेर क्षती पुगेको छ । साथै केही पससलमा पनि पानी पसेर क्षती पुर्याएको पोखरा १३ वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।



बाधँ फुटेपछि खोला अनियन्त्रीत भई बस्ति तर्फ बगेको कारण बस्ति जोखिममा परेको हो । बध फुटेर बाढि आए पनि राती ३ बजे देखी नै जननप्रतिनिधि, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको थियो ।



