तनहुँ – लगातारको वर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय स्थल ऐनापहरामा रहेको एक रेस्टुरेन्ट भासिएको छ। अविरल वर्षापछि जमिन कमजोर हुँदा रेस्टुरेन्ट रहेको संरचना भासिएको हो। वर्षाका कारण ऐनापहरा क्षेत्रमा समेत जोखिम बढेको छ। रेस्टुरेन्ट भासिएपछि त्यहाँको भौतिक संरचनामा क्षति पुगेको छ। घटनाबाट मानवीय क्षति भए–नभएको तथा क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।

पछिल्ला दिनमा लगातार वर्षा भइरहेकाले पहाडी क्षेत्रमा जमिन भासिने, पहिरो जाने तथा सडक अवरुद्ध हुने क्रम बढेको छ। यसैका कारण पर्यटकीय तथा जोखिमयुक्त क्षेत्रमा समेत थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ। सम्बन्धित निकायले घटनास्थलको अवस्था निरीक्षण गरी आवश्यक सुरक्षा तथा व्यवस्थापनका काम अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय