काठमाडौं । महादेवस्थान मातातीर्थ खानेपानी समितिले वितरण गर्दै आएको खानेपानी आइतबार वितरण गर्न नसकिने जनाएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको उपभोक्ता समितिको बोरिङका लागि लगिएको विजुलीको पोल ढलेपछि पम्प हाउसमा विद्युत आपूर्ति अवरुद्ध हुँदा पानी वितरण गर्न नसकिने जनाएको हो । बिहीबार बेलुका देखि परेको अविरल वर्षासँगै आएको पहिरोले खानेपानी समितिको भौतिक संरचना पाले घर, जेनेटर हाउस, पर्खाल र गेटलगायतका भौतिक संरचनामा क्षतिपुगेको छ ।






