काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आइतबार शोक विदा दिएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि चन्द्रागिरि नगरपालिकाले उहाँको श्रद्धाञ्जलीस्वरुप आइतबार शोक विदा दिएको हो ।

काठमाडौं उपत्यकाको मेयर्स फोरमको बैठकले उपत्यका उभित्रका सम्पूर्ण पालिका तथा पालिका मातहतका निकायहरुमा सार्वजनिक विदा दिने भनि निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । सोही निर्णय बमोजिम चन्द्रागिरि नगरपालिका र मातहतका सबै नियकायमा आइतबार शोक विदा दिइएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

स्वर्गीय कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी पनि काठमाडौं उपत्यका मेयर्स फोरमका सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय