काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट २०२३ को पाँचौं खेलमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल चेन्नईको एम चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । उपाधि दावेदार अष्ट्रेलिया र भारत जीतिसहित प्रतियोगितामा सुखद् सुरुवात गर्ने योजनासहित मैदानमा उत्रदै छ । दुई देशबीच अहिलेसम्म १४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ ।



भारत र अष्ट्रेलिया १२ पटक विश्वकपमा आमनेसामने हुँदा ८ खेल अस्ट्रेलियाले जितेको छ ।



