काठमाडौं । जिम्बाब्बेमा आईसीसी एकदिवसीय विश्वकप छनोट आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ ।
समूह ए मा रहेको नेपाल घरेलु टोलीसँग नेपाली समयअनुसार दिउँसो पौने एक बजे हरारे स्पोर्ट्स क्लबमा खेल्ने छ । नेपाल विश्व क्रिकेट लीग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो । जिम्बाब्वे सुपर लीगबाट झरेको हो । छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो ।






