काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ९ स्थित मत्स्यनारायणको मन्दिरमा एक महिना लामो मेला शुरु भएको छ । मलमासको अवधिभर मेलामा देशका विभिन्न स्थानबाट हजारौं लाखौं भक्तजनहरु आउने गर्दछन् । मलमास अवधिभर मच्छेनारायण मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ धार्मिक मान्यता छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मत्स्यनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको चार हातमा शंख, चक्र, गधा र पद्म लिएको भगवान नारायणको मूर्ति छ ।

भगवान विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय