काठमाडौं । आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ ।

ट्रयल पास गरेपनि वर्षौसम्म लाइसेन्स पाउन कुनुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि नागरिक एपमार्फत आजदेखि मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक संजालमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनु भएको थियो । आज औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

कार्ड छपाई हुन नसकेर लाइसेन्स वर्षौं कुर्नुपर्ने समस्या र घण्टौंसम्म लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएको बताएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा लाइसेन्स छ भने प्रिन्टकपी नखोजिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय