काठमाडौं । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोमा उल्लेख छ ।

पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभएको छ । चान्द्रमास अनुसारको पहिलो शनिबार पनि एक लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेको कोषले जनाएको छ । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय