काठमाडौं । हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् ।
तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । तीजको व्रत निराहार बस्ने भएकाले आज बर्तालुहरु शक्ति प्राप्तिका लागि मीठामीठा ,आडिलो परिकार दरका रुपमा खाने प्रचलन रहेको छ । माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।



तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।



